image
image

प्रिमियर इन्स्योरेन्सको संस्थापक शेयर लिलामीमा

काठमाडौँ २ कात्तिक  । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक समूहको शेयर लिलामी बढाबढ मार्फत बिक्री खुला भएको छ । कम्पनीको ५ लाख ४२ हजार ९ सय ६५ कित्ता संस्थापक शेयर आजदेखि लिलामी बढाबढ मार्फत बिक्री खुला भएको हो ।

उक्त शेयरको न्यूनतम मूल्य ४ सय रुपैयाँ तोकिएको छ । त्यसैले, लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने कम्पनीले जनाएको छ । शेयर खरीद गर्न योग्य इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले कार्तिक १२ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।

लगानीकर्ताले उक्त सेयरमा न्यूनतम ५ सय कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म आवेदन पेश गर्न गर्न सक्नेछन् । संस्थाको शेयर बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल रहेको छ ।

उक्त शेयरमा एनआइसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौँमा आइपुग्ने गरी आवेदन दिन सकिने कम्पनीले सोही सुचनामा उल्लेख गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।