image
image

साधना लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौँ २ कात्तिक । साधना लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनका लागि कम्पनीले कात्तिक ३ गतेदेखि १३ गतेसम्म बुक क्लोज गर्ने भएको छ । त्यसैले आज कात्तिक २ गतेसम्म कायम रहने शेयरधनी मात्र सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

कम्पनीले पाँचौं वार्षिक साधारण सभा कात्तिक १३ गते हुने भएको छ । कम्पनीको असोज १७ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । सभा होटल गोरखा बिसौनी, गोरखा नगरपालिका–६ मा बिहान ११ बजे शुरु छ ।

सभामा २६ दशमलव ३१५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई २५ प्रतिशत बोनस शेयर र १ दशमलव ३१५७ प्रतिशत नगद गरी कुल २६ दशमलव ३१५७ प्रतिशत लाभांश वितरण गर्न लागेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।