तरकारी र फलफूलमा विषादीको मापदण्ड निर्धारण
काठमाडौँ ७ फागुन -पछिल्लो समय तरकारीमा विषाधीको प्रयोग बढ्दै गएको छ ।विषादीयुक्त तरकारीले उपभोगले मानव स्वास्थ्यमा असर पर्ने कुरालाई मध्यनजर गर्दै नेपाल पशुपन्क्षी विकास मन्त्रालयले पहिलोपटक कृषि तथा विषादी प्रयोगको मात्रा निर्धारण गरेको छ । हालै तरकारी र फलफूलमा जीवनाशक विषादी प्रयोगको मात्रा निर्धारण गरेको हो ।
यस अघी जथाभावी रुपमा विषादीयुक्त तरकारी भित्रिएकाले र स्वदेशमै पनि विषादी पनि विषादीको प्रयोग बढिरहेकाले प्रयोग मात्रा निर्धारण गरिएको हो । गत वर्ष सर्वाेच्च अदालतले तररकारी तथा फलफूलमा विषादीको मात्रा निर्धारण गर्न आदेश दिएको थियो । खाद्य ऐनले दिएको अधिकार प्रयोग गरी खाद्य वस्तुको गुणस्तर निर्धारण गरेर तरकारी र फलफूलमा विषादीको अधिकतम परिणाम निर्धारण गरेको खाद्य प्रविधि तथा गुणस्तर विभागले जनाएको छ । यससम्बन्धी सूचना राजपत्रमा समेत प्रकाशन भएको छ ।
त्यस्तै स्याउ, केरा, करेला, भन्टा, बन्दा, कोभी, भिन्डी, आलु, टमाटर र चियाको जीवनाशक विषादीको अधिकतम मात्रा निर्धारण गरिएको हो । विभागले तरकारी र फलफूल गरेर १० वटा उत्पादनमा विषादीको अधिकतम मात्रा निर्धारण गरेको हो । विभागका अनुसार स्याउमा विषादीको प्रकार अनुसार विषादीको मात्रा ०.०५ मिलिग्रामदेखि ५ मिलिग्राम मात्रा निर्धारण गरिएको छ ।
यस्तै केरामा विषादीको प्रकार अनुसार ०.०१ देखि १५ मिलिग्राम निर्धारण गरिएको छ ।यस्तै तिते करेलामा ०.०५ मिलिग्राम देखि १ मिलिग्राम सम्म तोएिको छ । यस्तै बन्दामा ०.०५ देखि ७ मिलिग्राम विषादीको अधिकतम मात्रा निर्धारण गरिएको छ । कोभी ०.०५ देखि २ मिलिग्राम, भिन्डी ०.०१ देखि २ सय मिलिग्राम, आलुमा ०.००५ देखि ७ मिलिग्राम निर्धारण गरिएको छ । यस्तै टमाटरमा विषादीको मात्र ०.०५ देखि ५ मिलिग्राम र चियामा ०.७ देखि ४० ग्राम विषादीको मात्रा निर्धारण गरिएको छ ।
विभागका अनुसार मुलुकमा उत्पादन भएका र बाहिरबाट आयात हुने तरकारीमा तोकिएको विषादीको मात्राभन्दा बढी प्रयोग गरेको फेला परेमा कारबाही समेत हुनेछ ।