नेपालबाट बिहारमा बिजुली निर्यात शुरु
काठमाडौँ २ कात्तिक । नेपाल विद्युत प्राधिकरणले भारतको बिहार राज्यलाई २८० मेगावाटसम्म बिजुली पठाउन शुरु गरेको छ । प्राधिकरणका प्रवक्ता महेश भट्टराईका अनुसार विद्युत साटासाट (इनर्जी एक्सचेन्ज) को अवधारणामा प्राधिकरणले बिजुली पठाउन शुरु गरेको हो ।
बिहारलाइ हिउँदमा नेपाललाई विद्युत पुनः पिरत हुने गरि दिएको बताए । प्रवक्ता भट्टराईका अनुसार बिहारले दैनिक माग र आपूर्तिको अवस्था हेरेर विद्युत सापटी माग्ने गरेको छ। सोहि मागलाई मध्ये नजर गर्दै रामनगर, रक्सौल र कटौया प्रसारणलाइनबाट बिहारमा विद्युत् आपूर्ति भइरहेको बताए । यस्तो विद्युत हिउँदयाममा नेपालले फिर्ता पाउनेछ ।
४ सय ५६ मेगावाट उत्पादन क्षमताको माथिल्लो तामाकोशी सञ्चालनमा आएपछि वर्षायाममा नेपालको विद्युत् खेर जाने अवस्था रहेकाले पनि विद्युत निर्यातमा जोड दिईएको हो ।