image
image

बैंकको ब्याजदर घटाउन राष्ट्र बैंकको निर्देशन

काठमाडौँ, ३, कात्तिक । बैंकहरुले आफूखुसी मुद्दतीको ब्याजदर बढाएर १० प्रतिशत भन्दा बढी कायम गरेपछि राष्ट्र बैंकले २४ घण्टाभित्र सो ब्याजदर परिवर्तन गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले मंगलबार क, ख र ग वर्गका इजाजतपत्र प्राप्त बैंक तथा वित्तिय संस्थाहरुलाई सो निर्देशन दिएको हो ।

निर्देशनमा इजाजतपत्र प्राप्त बैंक तथा वित्तिय संस्थाले उप बुँदा (१) र (२) बमोजिमको व्यवस्था २०७८ कात्तिक महिनाको लागि प्रकाशित भइसकेको ब्याजदरमा समेत संशोधन गरी कात्तिक ३ गतेभित्र आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरी सोही मितिबाट लागू गर्न र ५ गते भित्र दैनिक पत्रिकासमेत प्रकाशित गर्न भनिएको छ । 


निर्देशनमा मुद्दतीमा प्रदान गर्ने ब्याजदरमा अघिल्लो महिना प्रकाशित ब्याजदरमा बढीमा १० प्रतिशत मात्रै परिवर्तन गर्न पाइने उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।