image
image

२५ प्रतिशत बोनसपछि साधना लघुवित्तको शेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

काठमाडौँ, ३, कात्तिक। साधना लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन भएको छ । नेप्सेका अनुसार बुधबार लघुवित्तको २५ प्रतिशत बोनस पछिको शेयर मुल्य समायोजन भएको हो । 

सो कम्पनीको बुक क्लोज पछिको शेयर मुल्य १ हजार ४ सय १५ रुपैयाँमा समायोजन भएको छ  । साधना लघुवित्तको अन्तिम कारोबार १ हजार ७ सय ६९ रुपैयाँमा भएको थियो । 

लघुवित्तले वार्षिक साधारण सभाबाट पारित भए बमोजिम चुक्ता पूँजीको २५ प्रतिशत बोनस शेयर र १.३१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।

उक्त लघुवित्तको वार्षिक साधारणसभा कात्तिक १३ गते शनिबार होटल गोरखा बिसौनी गोरखामा बस्दैछ । सो साधारणसभाले आर्थिक वर्ष ०७७/०७८ कोे मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको २५ प्रतिशत बोनस शेयर र १.३१ प्रतिशत कर सहितको नगद लाभांश गरी कुल २६.३१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गर्नेछ। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।