image
image

न्यादी हाइड्रोपावरको आईपीओ शुक्रबार बाँडफाँड हुने

काठमाडौँ, ३, कात्तिक । न्यादी हाइड्रोपावरको साधारण सेयर ९आईपीओ० यही साताको शुक्रबार बाँडफाँड हुने भएको छ । कम्पनीले शुक्रबार आईपीओ बाँडफाँड गर्ने गरी प्रि–अलटमेन्ट सम्पन्न गरेको छ । आईपीओको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले धितोपत्र बोर्डसँग आईपीओ बाँडफाँडको अनुमति माग्दै पत्र पठाइसकेको छ ।

बोर्डबाट स्वीकृत आएपछि क्यापिटलले शुक्रबार बाँडफाँड गर्ने तयारी थालेको हो । न्यादीले असोज १५ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित २२ लाख कित्ता साधारण सेयर बिक्रीमा ल्याएको थियो । जसमध्ये कम्पनीका कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी बसेको २० लाख ९२ हजार ५०० कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।