image
image

नेपाल इन्भेष्टमेन्ट बैंकले घोषणा गरेको लाभांश परिवर्तन, बोनस वृद्धि

काठमाडौँ, ३, कात्तिक । नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश संशोधन भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश संशोधन गरेको हो ।

बैंकले कुल लाभांशलाई कायमै राखी बोनस शेयर र नगद लाभांश दरमा परिवर्तन गरेको हो । बैंकले अब शेयरधनीहरुलाई १२.६११ प्रतिशत बोनस शेयर र ३.३८९ प्रतिशत नगद लाभांश गरी कुल १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । 

यसअघि पनि बैंकले कुल १६ प्रतिशत नै लाभांश वितरण गर्ने घोषणा गरेको थियो । यद्यपि, त्यसमा ११.२४ प्रतिशत बोनस शेयर र ४.७६ प्रतिशत नगद लाभांश थियो ।

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बैंकले लाभांश संशोधन गरेको जनाएको छ । कात्तिक २ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले लाभांश संशोधन गर्ने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।