image
image

बैंकको ब्याजदर वृद्धिमा व्यवसायीको विरोध

काठमाडौँ, ३, कात्तिक । वाणिज्य बैंकहरूले ब्याजदर वृद्धि गरेकोप्रति पूर्वका उद्योगी व्यवसायीहरूले आपत्ति जनाएका छन् ।नेपाल उद्योग परिसंघ प्रदेश–१ र उद्योग संगठन मोरङले विज्ञप्ति निकालेर ब्याजदर वृद्धिको विरोध गरेका हुन् । कात्तिक १ गतेदेखि लागू हुनेगरी बैंकहरूले ब्याजदर बढाएका छन् । नेपाल राष्ट्र बैंकका गभर्नरलाई ध्यानाकर्षण पत्र पठाउँदै उद्योग परिसंघका अध्यक्ष भीम घिमिरेले बैंकहरूले ब्याजदरमा अत्यधिक वृद्धि गरी उद्योग व्यवसाय र उत्पादनमा नै प्रहार गर्न खोजेको आरोप लगाए । दुई वर्षदेखि कोभिडको मारमा परिरहेको र तरलताको आभावको सामना गरिरहेको उद्योग क्षेत्र तथा उपभोक्ताको क्रयशक्ति कमजोर हुँदै गएको अवस्थामा ब्याजदर परिवर्तन गर्दा देशको अर्थतन्त्रमा नकारात्मक असर पुग्ने घिमिरेको भनाइ छ ।

उपभोक्ताको क्रयशक्तिसमेत ह्रास हुँदै गएको वर्तमान अवस्थामा बजार आर्थिक क्षेत्र नराम्रोसँग प्रभावित भइरहेको अवस्था सबै मा जगजाहेर छ,” परिसंघले पठाएको ध्यानाकर्षणपत्रमा भनिएको छ, “यी सबै कुरालाई बेवास्ता गर्दै बैंकहरूले ब्याजदरमा अत्यधिक वृद्धि गरि उद्योग व्यवसाय र उत्पादनमा नै प्रहार गर्न खोजेको स्पष्ट देखिएको छ । मुलुकको आर्थिक वृद्धिको लक्ष्य प्राप्त गर्न पनि ठूलो लगानीको आवश्यकता रहेको बेलामा लगानीलाई नै प्रभावित गर्नेगरी बैंकको व्याज वृद्धि कुनै हालतमा पनि अनुकुल मान्न नसकिने परिसंघको दाबी छ । ब्याजदर वृद्धिले वस्तु तथा सेवा उत्पादन गर्ने उद्योग, ऊर्जा, पर्यटन, कृषि, शिक्षाजस्ता आधारभूत उद्योगको लगानीमा प्रत्यक्ष असर गर्ने र त्यसको प्रभाव उत्पादन रोजगारी, आधारभूत सेवा र निकासीमा पनि नकारात्मक ढंगले पर्ने परिसंघको दाबी छ ।

बैंकहरूले प्रतिस्पर्धीको भावना झल्किने गरी अलग–अलग ब्याजदरमा वृद्धि गरिरहेको सूचना प्रवाह हुनु मुलुकमा आर्थिक अराजकता त होइन भन्ने जस्तो देखिन्छ साथै विगतमा ब्याजदर सिंगल डिजिटमा एकरूपता हुनेगरी राख्ने गरी भएको भद्र सहमति तोडिएका छन्”, पत्रमा उल्लेख छ, “जसले आर्थिक उदण्डता, अराजकताको प्रस्ट झल्को देखाएको छ जुन आर्थिक औद्योगिक हितविपरीत छन् ।

यसैगरी उद्योग संगठन मोरङले पनि राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ । नियामक निकाय राष्ट्र बैंकलाई ध्यानाकर्षणपत्र पठाउँदै संगठनले लामो समयको महामारीबाट प्रताडित उद्योग व्यवसायहरू विस्तारै तङ्ग्रिदै गरेको अवस्थामा उत्पादन लागतमा प्रत्यक्ष दवाब बढ्ने गरी बैंक तथा वित्तीय संस्थाहरूले कात्तिक महिनाबाट लागू हुनेगरी वृद्धि गरेको ब्याजदरप्रति संगठनको गम्भीर ध्यानाकर्षण भएको संगठनले जारी गरेको ध्यानाकर्षणपत्रमा उल्लेख छ । बजारमा तरलता अभावको कारण देखाउँदै बैंक तथा वित्तीय संस्थाहरूले वृद्धि गरेको ब्याजदरलाई अविलम्व पुनरावलोकन गरी उत्पादनमूलक क्षेत्रमा प्रवाह भएको र हुने कर्जाको ब्याजदर एक अंकमा नबढ्ने गरी निर्धारण गर्न माग गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।