image
image

नेप्सेमा हरियाली, कारोबार रकममा भने आएन सुधार 


काठमाडौँ ३ कात्तिक ।   नेपाल स्टक एक्सचेञ्जका अनुसार आज  शेयर कारोबार मापक नेप्से परिसूचक ६०.५६  अंकले बढेर  २,५७१.६६ विन्दुमा पुगेको छ । नेप्से २.४१  प्रतिशतले बढेको हो । यता सेन्सेटिभ परिसूचक पनि १२. ०९ अंकले बढेर  ४८४.05 विन्दुमा पुगेको  छ । 

कूल २१७ वटा कम्पनीकाे ६१ लाख १ हजार ४ सय १४  कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ६७ करोड ९० लाख २८ हजार १ सय ५५  रूपैयाँ बराबरको कारोबार भएकाे  छ ।स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै वटा उपसमूहकाे  शेयर बढेको छ ।

त्यसैगरी, बुधबार  काराेबार रकममा अरुण भ्याली  हाइड्रोपावरले  अग्रता कायम गरेकाे छ । आजको कारोबारमा पनि ६ कम्पनीका लगानीकर्ताले भने कमाएका छन् । बुधबार आँखुखोला जल विद्युत कम्पनीको शेयरमा १० प्रतिशतको वृद्धि देखिएको छ ।

 त्यस्तै, युनिभर्सल पावर , मैलुङ खोला जलविद्युत कम्पनी, नेशनल हाइड्रो पावर,सिएचडिसी जलविद्युत कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि देखिएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।