लुम्बिनी प्रदेशमा ४ अर्बको बालीनालीमा क्षति
काठमाडौँ, ४, कात्तिक । दूईवटा प्रदेशको खेतीयोग्य जमिनमा लगाइएको धान तथा बालीनालीमा भएको क्षतिको प्ररम्भिक विवरण सार्वजनिक भएको छ । जसअनुसा निरन्तको वर्षाका कारण लुम्बिनी प्रदेशमा झन्डै ४ अर्ब बराबरको धानबालीमा क्षति पुगेको छ ।
प्रदेशका १० जिल्लामा बर्षाका कारण आएको बाढी र डुबानले करिब ९४ हजार हेक्टर जमिनमा लगाईएको धानबालीमा क्षति पुगेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
त्यस्तै, सुदुर पश्चिम प्रदेशका जिल्लामा पनि किसानले हजारौं हेक्ट जमिनमा लगाएको धानबालीमा क्षति पुगेको विवरण प्राप्त भएको छ । खासगरि केलाली र कन्चनपुरलगायतका केही जिल्लामा बालीनालीमा बढी क्षति पुगेको छ ।
मन्त्रालयका अनुसार, कैलालीमा ५४ प्रतिशत र कन्चनपुरमा ४२ प्रतिशत धानबालीमा क्षति पुगेको छ । कैलालीमा ७० हजार र कन्चनपुमा ५० हेक्टर जमिनमा धान खेती हुन्छ । सो क्षेत्र धान खेतीको दृष्टिले पकेट मानिन्छन् ।
यता, प्रदेश नम्बर १ र २ का जिल्लामा पनि किसानले लगाएको धानबालीमा ठूलो क्षति पुगेको छ । तर, यकिन विवरण आइ नसकेको मन्त्रालयका प्रवक्ता प्रकाश सन्जेलले जानकारी दिए
उनले दुइवटा प्रदेशबाट मात्र प्रारम्भिक क्षतिको विवरण आएको बताए । झापा, मोरङ, सुनसरी, कैलाली, कन्चनपुर, रुपन्देही, कपिलबस्तुलगायतका विभिन्न १६ जिल्लाका खेतीयोग्य जमिनमा भित्र्याउने बेलाको धानबालीमा क्षति पुर्याएको छ ।
सातवटै प्रदेशबाट क्षतिको विवरण संकलन भइरहेको र तथ्यांक आएपछि त्यसआधारमा पीडित किसानलाई राहत तथा क्षतिपूर्ति दिने मन्त्रालयले जनाएको छ ।