पिकेको गोलमा बार्सिलोनाको पहिलो जित
काठमाडौँ, ४, कात्तिक । जेरार्ड पीकेको गोलबाट बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलमा पहिलो जित निकालेको छ । बुधबार राति भएको खेलमा बार्सिलोनाले डाइनामो क्युभमाथि १–० गोलको जित निकालेको हो ।
पहिलो खेलमा वायर्नसँग पराजित भएको बार्सिलोना दोस्रो खेलमा बेन्फिकासँग पराजित भएको थियो ।
घरेलु मैदानमा भएको च्याम्पियन्स लिगको दोस्रो खेलमा बार्सिलोनाले कमब्याक गरेको छ । बार्सिलोनाका लागि डिफेन्डर जेरार्ड पिकेले गोल गर्न सफल भए । उनले पहिलो हाफको ३६ औं मिनेटमा गरेको गोल बार्सिलोनालाई जित दिलाउन पर्याप्त बन्यो ।
पिकेले गरेको गोलले उनले रोर्बेटो कार्लोसको नाममा रहेको च्याम्पियन्स लिगमा सर्वाधिक गोल गर्ने डिफेन्डरको कीर्तिमानलाई बराबरी गरेका छन् ।
पिकेले च्याम्पियन्स लिगमा १६ गोल गरेका छन् । त्यस्तै रोर्बेटोले पनि १६ गोल गरेका थिए । पछिल्लो समय कमजोर लयमा रहेको बार्सिलोना अहिले भने उत्कृष्ट लयमा देखिन्छ ।
ला लिगा फुटबलमा पनि बार्सिलोनाले भ्यालेन्सियामाथि ३–१ गोलको जित निकालेको थियो । एल क्लासिकोअघि बार्सिलोनाको यो जितले केही राहत भने मिलेको छ ।
समूह ‘ई’मा रहेको बार्सिलोनाले तीन खेलबाट ३ अंक जोडेको छ । बार्सिलोना समूहको तेस्रो स्थानमा छ । पराजित डायनामो क्युभ १ अंक जोडेर समूहको अन्तिममा छ ।