image
image

कोरोना महामारी एक वर्ष लम्बिन सक्छ : डब्ल्यूएचओ

काठमाडौँ ४ कात्तिक ।विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस (कोभिड–१९) महामारी अझै एक वर्ष लम्बिन सक्ने चेतावनी दिएको छ। अझै पनि गरीब मुलुकमा पर्याप्त मात्रामा कोरोना खोप नपुगेकाले महामारी अझै एक वर्षसम्म लम्बिन सक्ने डब्ल्यूएचओले बताएको हो।

डब्ल्यूएचओका शीर्ष अधिकारी ब्रुस आयलवर्डले गरीब मुलुकमा कोरोना खोप नपुगेको कारण सन् २०२२ मा पनि कोरोना महामारी नसकिने बताएका हुन्।

ad
बीबीसीका अनुसार अहिलेसम्म अफ्रिकाका पाँच प्रतिशतभन्दा कम मानिसले मात्र कोरोना खोप लगाएका छन्। अन्य महादेशमा भने ४० प्रतिशत मानिसले कोरोना खोप लगाइसकेका छन्। आयलवर्डले धनी मुलुकलाई अन्य कोरोना खोप नपाएका मुलुकलाई सहयोग गर्न आग्रह गरेका छन्। 

विश्वभर कोरोना खोप पुर्‍याउन डब्ल्यूएचओको नेतृत्वमा ल्याएको कोभ्याक्स कार्यक्रमले पनि लक्ष्य अनुसारको खोप वितरण गर्न सकेको छैन। त्यसैले पनि अफ्रिकी मुलुकमा कोरोना खोपको अभाव भएको हो। कोभ्यास कार्यक्रमअन्तर्गत सन् २०२१ भित्र दुई अर्ब डोज खोप वितरणको लक्ष्य थियो। तर, अहिलेसम्म केवल ३७ करोड १० लाख डोज खोप मात्र कोभ्यास कार्यक्रम मार्फत वितरण भएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।