image
image

 निःशुल्क तालिम प्रदान गर्दै वैदेशिक रोजगार बोर्ड

काठमाडौँ ५ कात्तिक । वैदेशिक रोजगार बोर्डले देशका विभिन्न जिल्लामा विभिन्न किसिमको  सीप तालिम प्रदान गरिरहेको छ । बोर्डले वैदेशिक रोजगारीबाट फर्केकाहरुसहित सीप सिक्न चाहनेहरुलाइ लक्षित गर्दै  विभिन्न जिल्लामा रहेका सीप तालिम केन्द्रसँग समन्वय गरेर सञ्चालन गर्दै आएको छ ।

कोरोना महामारीका कारण स्वदेश तथा विदेशमा रोजगारी गुमाएकालाई राहत स्वरूप  प्लम्बर सहायक, डकर्मी, सटरिङ कार्पेन्टिङ, गार्मेन्ट मेसिन अप्रेटर, इलेक्ट्रिसियन, एसिस्टेन्ट स्काफोल्डर, हाउस पेन्टर, किचन सहयोगी, सुरक्षा गार्ड, वेटर, स्टील फिक्सर, हाउस किपिङ, एसिस्टेन्ट वेल्डर, फ्रन्ट अफिस सहायक, सहायक टायल मार्बल फिक्सचर्स, सहायक आल्मुनियम फेब्रिकेटर, जुनियर फर्निचर मेकर र जुनियर ब्युटिसियनको तालिम प्रदान गरेको हो ।

तालिम लिन चाहनेले आफ्नो पालिकामा रहेको रोजगार सूचना केन्द्रमा गएर पनि बुझ्न सकिने बताईएको छ । कम्तिमा एक महिना हुने तालिममा तालिमपश्चात  निःशुल्क सीप परीक्षण समेत लिने बताईएको छ । गत साल जस्तै यो साल पनि १० हजार जतिलाई लक्षित गरेर तालिम दिने कार्यक्रम रहेको बोर्डले जनाएको छ ।    

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
50%
perfect उत्तम
0%
surprise अचम्म
50%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।