image
image

शुरु भयो एनआरएन डेभलपमेन्ट फन्ड लिमिटेडको दर्ता प्रक्रिया, चाँडै नै आईपीओ जारी गरिने  

काठमाडौं ८ फागुन । गैरआवासीय नेपाली संघ (एनआरएन)ले एनआरएन डेभलपमेन्ट फन्ड लिमिटेडको दर्ता प्रक्रिया सुरु गरेको छ । नेपालको पूर्वाधार क्षेत्रमा लगानी गर्न १० अर्बको कोष स्थापनाको तयारी गरे सँगै नियमावली तथा कम्पनी दर्ता प्रक्रिया अगाडी बढाएको हो ।

बिहीबार संघका अध्यक्ष कुमार पन्त, संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्वअध्यक्ष तथा संरक्षक जीवा लामिछाने, उपाध्यक्षद्वय डा. बद्री केसी र सोनाम लामा, कोषाध्यक्ष महेशकुमार श्रेष्ठ, सल्लाहकार हरिबोल भण्डारीलगायत डा. खगेन्द्र जीसी, चिरञ्जिीवी थापाले प्रबन्ध पत्रमा हस्ताक्षर गरेका हुन् ।
Image result for एनआरएन डेभलपमेन्ट फन्ड लिमिटेड

त्यस्तै यो कम्पनीमार्फत नै नेपालमा कम्तीमा १० अर्ब लगानी नेपाल ल्याउने संघको तयारी छ । १० अर्ब लगानीका लागि हालसम्म डेढ अर्बभन्दा बढी रकमको प्रतिबद्धता आइसकेको संघले जनाएको छ ।

संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोका अनुसार नेपालमै पहिलो पटक यस्तो ठूलो राशिको लगानी हुन लागेको हो । १० अर्बको कोषमा सरकारले पाँच प्रतिशत अर्थात् ५० करोड रूपैयाँ लगानीको प्रतिबद्धता जनाएको छ । यस्तै संस्थापकहरूको तर्फबाट १० प्रतिशत अर्थात् एक अर्ब रूपैयाँ लगानी गर्ने र त्यसमध्येको एक अर्ब ८० करोडको प्रतिबद्धता जुटिसकेको अध्यक्ष पन्तले बताए । यस अभियानको ८५ प्रतिशत लागनीमा संसारभरका गैरआवासीय नेपालीले १० डलर र त्यसभन्दा माथि लगानी गर्न पाउनेछन् ।

त्यस्तै चाँडै नै आईपीओ जारी गरिने जानकारी दिए । उनले ठूला मात्रै नभई साना लगानीकर्ताले पनि आफ्नो सानो पुँजी लगानी गर्न सकने वातावरण बनेको बताएका छन् ।   
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।