image
image

भारतलाई हराएमा पाकिस्तान खेलाडीको म्याच फी बढाइने 

काठमाडौँ, ७, कात्तिक । पाकिस्तानले भारतलाई हराएमा पाकिस्तानका खेलाडीको म्याच फी बढ्ने भएको छ । क्रिकेट बोर्डले यदि भारतलाई यो खेलमा पराजित गरेको खण्डमा खेलाडीको म्याच फी मा ५० प्रतिशत बृद्धी गर्ने भएको हो । टी २० विश्वकपमा आज भारत र पाकिस्तानविच प्रतिस्पर्धा हुनेछ । 

यस्तैमा पाकिस्तानमा यो खेलका लागि विभिन्न स्थानमा स्क्रिन लगाएर सबैलाई देखाउने तयारी गरेको छ भने मिठाई जितेको खण्डमा निशुल्क मिठाई बाढ्ने तयारी गरेको छ ।

यस्तैमा पाकिस्तान क्रिकेट बोर्डले यदि भारतलाई यो खेलमा पराजित गरेको खण्डमा खेलाडीको म्याच फी मा ५० प्रतिशत बृद्धी गरेको छ । 

हाल पाकिस्तानी खेलाडीले एक टी २० खेले बाफत म्याच फी मा तीन लाख ४० हजार पाकिस्तानी रुपी पाउने गरेका छन ।तर भारतलाई यो खेलमा हराएको खण्डमा एक लाख ७० हजार थप म्याच फी पाउनेछन । यतिमात्र होइन, भारतपछि इंग्ल्याण्डलाई हराएको खण्डमा त्यो भत्ता झन बढ्ने पाकिस्तान क्रिकेट बोर्डले जनाएको छ ।

भारत र पाकिस्तानविचको यो खेलका लागि विश्वका क्रिकेट समर्थकको नजर रहेको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।