image
image

बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै  

काठमाडौँ, ७, कात्तिक । काठमाडौँ महानगरपालिकाले आइतबार र सोमबार गरी आफ्नो क्षेत्रका करिब ८० हजार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै छ। राष्ट्रिय भिटामिन ए कार्यक्रमको पहिलो चरणअन्तर्गत महानगरले औषधि खुवाएको हो।

आइतबार वडा २१ क्लिनिकमा गएर महानगरका प्रमुख विद्यासुन्दर शाक्यले कार्यक्रम सुरु गरेका हुन्। महानगरले २ सय ७९ बुथबाट कार्यक्रम चलाउन ५ सय ५८ जना महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरेको छ। कार्यक्रम सुरु गर्दै प्रमुख शाक्यले महानगरले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य सेवामा सेवाग्राहीको आकर्षण बढाउने गरी विश्वसनीय सेवा दिन स्वास्थ्यकर्मीलाई आग्रह गरे।

महानगरकी जनस्वास्थ्य अधिकृत मञ्जु मास्केका अनुसार ०७८ वैशाख ६ र ७ गते सञ्चालन गरिएको कार्यक्रममा ६ महिनादेखि १ वर्षसम्मका ५ हजार ९ सय ९५ जना र १ वर्षदेखि ५ वर्षसम्मका ५३ हजार ५ सय ४३ गरी जम्मा ५९ हजार ५ सय ३८ जनालाई भिटामिन ए क्याप्सुल दिइएको थियो। त्यसैगरी ३ सय सुत्केरीलाई भिटामिन ए क्याप्सुल दिइएको थियो। त्यसैगरी ५३ हजार ८ सय ३ जनालाई जुकाको औषधि दिइएको थियो।
 
महानगरले हरेक अभिभावकलाई ५ वर्षमुनिका बालबालिकालाई भिटामिन ए कार्यक्रममा सहभागी गराउन आग्रह गरेको छ। यो कार्यक्रममा बालबालिकालाई भिटामिन एसँगै जुकाको औषधि खुवाइन्छ। रतन्धो र कुपोषणबाट बचाउन सञ्चालन गरिएको यो कार्यक्रममा आउने अभिभावकलाई भिटामिन ए पाइने र घरमै पाइने खाद्य वस्तुका बारेमा जानकारी दिने गरिएको छ। 

कार्यक्रममा ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाइन्छ भने १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि दिइन्छ। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।