अब होटल र रिसोर्टको बोर्डमा नेपालको निशानछाप अनिवार्य
काठमाडौँ ०८ फागुन - अब देश भर संचालित होटेलले आनिवार्य संकेत चिह्न राख्नपर्ने व्यवस्ता गरिएको छ। एकदेखि पाँचतारे होटलसम्मले तारा मात्र राख्न पाउनेछन् भने त्यसभन्दा माथिका होटलले चिह्नको साथै शब्दसमेत राखेर आफ्नो होटलको स्तर बाहिरबाटै सर्वसाधारणले नै पत्तो पाउने गरी साइनबोर्ड (संकेत चिह्न) राख्नुपर्नेछ । सबै होटलहरूले प्रवेशद्वारमै संकेत र अक्षर भएको बोर्ड राख्नुपर्नेछ । पर्यटन विभागका अनुसार सबै होटलहरूले साइनबोर्डको माथिल्लो भागमा नेपालको रंगीन निशानछाप राख्नुपर्नेछ ।
पर्यटन विभागका अनुसार साधारण रिसोर्टले तीन तारा र स्ट्यान्डर्ड रिसोर्ट शब्द बोर्डमा राख्नुपर्ने नियम ल्याईएको हो । त्यस्तै लक्जरी हेरिटेज बुटिक होटलले पाँचतारा र लक्जरी हेरिटेज बुटिक शब्द तथा डिलक्स हेरिटेज बुटिक होटलले चारतारा र डिलक्स हेरिटेज बुटिक लेखेर बोर्ड राख्नुपर्नेछ । यस्तै, पाँचतारा डिलक्सस्तरको होटलले पाँचतारा र डिलक्स शब्द बोर्डमा राख्नैपर्नेछ । तर, एकदेखि पाँचतारा स्तरका होटलले कुनै पनि शब्द नराखी बोर्डमा होटलको नाम र एक, दुई, तीन, चार र पाँच तारा राख्नुपर्नेछ ।
त्यस्तै साबिकमा पर्यटन विभाग तथा अन्तर्गतका कार्यालयबाट पर्यटकस्तरको होटलमा स्तर वर्गीकरण भएका र हाल प्रदेश सरकारको सम्बन्धित निकायबाट पर्यटकस्तरको होटलमा स्तरवर्गीकरण भएका होटलले भने गोलाकार रेखाभित्र रातो रंगमा टीएस अंग्रेजी अक्षर होटलको बोर्डमा लेख्नुपर्नेछ । १२ किसिमका होटलहरूले आफ्नो बोर्डमा नेपालका निशानछाप राख्नैपर्ने व्यवस्था पनि पर्यटन विभागले गरेको छ ।निशानछापको ठीक मुनितिर कालो रंगको तेर्सो धर्का र सोही धर्काको मुनिमात्र होटल र रिसोर्टको नाम लेख्नुपर्नेछ ।
होटल र रिसोर्टको नामको मुनितिर फेरि अर्को कालो रंगकै तेर्सो धर्का राख्नुपर्नेछ । होटल एसोसिएसन नेपाल वा होटल व्यवसायीहरूको साझा संस्थाका सदस्य रहेका होटल÷रिसोर्टले उक्त संस्थाको प्रतीक चिह्नसमेत राख्न पाउनेछन् । यस्तो प्रतीक चिह्न राख्नुपर्दा नेपालको निशानछापको एक चौथाइ कम आकारमा रहने गरी होटल÷रिसोर्टको नाम लेखिएको स्थानबाट दायाँतर्फ राख्नुपर्नेछ ।