image
image

सडक तथा पुलहरू भत्किँदा झन्डै चार अर्ब रुपैयाँ बराबरको क्षति 

काठमाडौँ ८ कात्तिक । यस वर्ष मात्रै वर्षका कारण मुलुकभरका सडक तथा पुलहरू भत्किँदा झन्डै चार अर्ब रुपैयाँ बराबरको क्षति पुगेको छ ।वैशाख देखि कात्तिकसम्म  विभिन्न समयमा परेको पानीका कारण बढी तथा पहिरोले मुलुकभरका सडक तथा पुलहरूमा  चार अर्ब रुपैयाँ बराबरको क्षति पुगेको हो ।

सडक विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार कात्तिकमा परेको अविरल वर्षाका कारण एक अर्ब पाँच करोड रुपैयाँ बराबरको क्षति पुगेको छ । कात्तिकमा परेको अविरल वर्षाका कारण भएको क्षति अझै एकिन नहुँदा क्षति रकम बढ्न सक्ने अनुमान गरिएको छ ।

जेठ मसान्तदेखि १०० भन्दा बढी सडकहरू र २६ ओटा पुलहरूमा क्षति पुग्दा दुई अर्ब ४० करोड रुपैयाँसम्मको क्षति भएको थियो । पछि कात्तिक महिनाको सुरुवातमा परेको पानीले विभिन्न १९ स्थानका सडकहरूमा क्षति पुगेको र १ अर्बभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।