image
image

नेप्सेमा हरियाली हुँदा १७ कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि 

काठमाडौँ ८ कात्तिक । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज हरियाली छाएको छ । आज नेप्से ८७.६३ अंकले बढेर  २,६७२. २५ विन्दुमा पुगेको छ । त्यस्तै परिसूचक पनि १३.६ अंकले वृद्धि भएर ५०४.५७ विन्दुमा पुगेको छ । आइतबार पनि नेप्से २७.५१ अंकले बढेर दुई हजार ५ सय ८४ दशमलब ५३ विन्दुमा पुगेको थियो ।   

आज २२९ कम्पनीको ८३ लाख ९५ हजार ८ सय ६४ शेयर ५३ हजार ७सय ९२ पटक कारोबार भएको छ । त्यस्तै आज  कूल १३ समूह मध्ये १३ समूह नै बढेर शेयर बजारमा हरियाली छाएको छ । 

आज कारोबारमा आएको १७ कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि भएको छ । यी कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो । त्यस्तै, १७  कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ भने ९ कम्पनीको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले बढेको छ ।  

नेप्सेका अनुसार आज सांग्रिला डेभलपमेन्ट बैंक डिभेञ्चर २०८७ को शेयरमूल्यमा उच्च गिरावट आएको छ । यसको शेयरमूल्य आज ४ प्रतिशतले घटेको छ ।  त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार महालक्ष्मी विकास बैंकको भएको छ । यस बैंकको आज १६ करोड २५ लाख भन्दा बढीको कारोबार भएको छ ।  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।