तीन वाणिज्य बैंक राष्ट्र बैंककाे कारबाहीमा
काठमाडौँ ८ कात्तिक । नेपाल राष्ट्र बैंकले तिन वाणिज्य बैंकलाई कारबाही गर्ने भएको छ । बैंकले प्रभु बैंक लिमिटेड, हिमालयन बैंक लिमिटेड र नेपाल बङ्गलादेश बैंक लिमिटेडलाई कारबाही गर्ने भएको हो ।
राष्ट्र बैंकले एक सूचना जारी गर्दै यी बैंकहरुले र्थिक वर्ष २०७७/७८ मा अनिवार्य मौज्दात अनुपात कायम नगरेकाले जरिवाना लगाईएको जानकारी गराएको छ । सूचना अनुसार नेपाल बंगलादेश बैंकलाई ३० हजार ३ सय २४ रूपैयाँ २४ पैसा, प्रभु बैंकलाई ३५ हजार ६ सय ९५ रूपैयाँ १२ पैसा र हिमालयन बैंकलाई २ पटक गरी कुल ३० हजार २१ रुपैयाँ जरिवाना गरिएको छ ।