१०९ प्रतिशतले बढ्यो नेपालको निर्यात
काठमाडौँ, ९, कात्तिक । चालू आर्थिक वर्ष २०७८/७९ को तीन महिनाको अवधिमा नेपालको निकासी १०९ प्रतिशतले बढेको छ । भन्सार विभागले साउनदेखि असोज महिनासम्ममा नेपालको निर्यात १०९ प्रतिशतले बढेको जानकारी दिएको हो ।
यस अवधिमा नेपालबाट विदेशतर्फ ६५ अर्ब ५ करोड २८ लाख रुपैयाँको निर्यात भएको छ । गत आर्थिक वर्ष २०७७/७८ को तीन महिनामा नेपालबाट ३१ अर्ब ४ करोड ६० लाख रुपैयाँको निर्यात भएको थियो ।
यसैगरी, चालू वर्षको तीन महिनाको अवधिमा नेपालले विदेशबाट ४ खर्ब ७८ अर्ब ५२ करोड रुपैयाँको आयात भएको छ । यो गत आर्थिक वर्षको तीन महिनाको अवधिमा भएको आयातको तुलनामा ६३ प्रतिशतले बढी हो ।
गत वर्षको सोही अवधिमा नेपालले २ खर्ब ९२ अर्ब २६ करोड रुपैयाँको आयात गरेको थियो ।