image
image

८० प्रतिशत फुल पोखरा आसपासमा नै उत्पादन

काठमाडौँ, ९, कात्तिक । तिहार नजिकिदै गर्दा यतिखेर पोखरा र आसपासका पुष्प व्यवसायी भने फुल्दै गरेको सयपत्रीलगायतका फूल स्याहार्न व्यस्त देखिन्छन् । तिहारमा सबै नेपालीका घरघरमा दाजुभाइ तथा दिदीबहिनीका गलामा पूगने फुल पछिल्ला वर्षमा स्थानीय उत्पादनमा आकर्षण बढ्दै गएका कारण पनि बर्सेनि पुष्प व्यवसायतर्फ सर्वसाधारणको आकषर्ण बढिरहेको फ्लोरीकल्चर एशोसिएशन कास्कीका अध्यक्ष डीलबहादुर गुरुङले बताउनु भयो । 

तिहारमा लगाइने मालाका लागि बाहिरबाट आयात भएको फुल भन्दा पनि सकेसम्म नेपालमा नै उत्पादन भएको फुल कै प्रयोग गर्ने क्रम बढेका कारण पनि तिहारका लागि बजारमा याहीँ उत्पादित फुलको बढी माग हुने गरेको छ । पोखरा महानगरपालिकाको कृषि महाशाखा प्रमुख मनोहर कडरियाका अनुसार पछिल्ला वर्षमा फुल खेतीतर्फ आकर्षण बढिरहे पनि कोरोना महामारी, समस्यामा पर्ने गरेका प्राकृतिक विपत्ति आदिका कारण यस व्यवसायमा केही न केही प्रभाव पारेको छ ।

यसवर्ष तिहारका लागि लगाइएको फूलखेतीमा दसैँलगत्तै परेको पानीले केही क्षति पुर्याएको जनाउँदै उनले समयक्रम मिलाएर नलगाउदा पनि कतिपय स्थानका किसान समस्यामा परेको बताए । पछिल्ला वर्षमा कतिपय सर्वसाधारणले घरबारी तथा कौशीमा तिहारका लागि फूल लगाउने क्रम पनि उत्तिकै बढेको पाइन्छ । अघिल्लो वर्ष तिहारका लागि बाहिरबाट फूल कम नै आएको र स्थानीय उत्पादन नै बढी बिक्री भएको कृषि उपज बजार केन्द्र पृथ्वीचोकका सूचना अधिकारी रुपा दाहालले जानकारी दिए ।

कास्कीभित्र लेखनाथ, भरतपोखरीको बागमारा, कालिका, मालेपाटन, विरौटा, बाटुलेचौरलगायत स्थानमा फूलको व्यावसायिकखेती हुने गरेको छ । फूलैफूलको चाडको उपमा पाएको तिहारमा दाजुभाइ दिदीबहिनीका गलामा लगाउने मालाका साथै घर सजाउने, गाई, गोरु, कुकुर आदिलाई पनि माला लगाइने भएकाले फूलको रामै्र खपत हुने गर्दछ ।

फ्लोरीकल्चर एशोसिएशन कास्कीमा हाल ३५ व्यवसायी आवद्ध रहेका अध्यक्ष गुरुङले जानकारी दिनुभयो । जिल्लामा फूलखेतीको व्यावसायिकता वृद्धिसँगै यसलाई व्यवस्थित बनाउने लक्ष्यका साथ २०६३ सालयता एशोसिएशनमा आबद्ध भई व्यवसायी क्रियाशील बनेका हुन् । पोखरा र आसपासमा उत्पादित सयपत्री फूलको प्रति थुङ्गा लगभग पाँच रुपैयाँ पर्दछ ।यहाँ उत्पादित फूल आकर्षकसँगै आकार पनि केही ठूलो हुने भएकाले सामान्यतः एउटा माला तयार गर्न २० देखि २५ थुङ्गाले पुग्ने व्यवसायी बताउँछन् । उनीहरूका अनुसार तिहारमा प्रति मालाको न्यूनतम १०० रुपैयाँदेखि १५०सम्म पर्ने गर्दछ । पोखरामा करिब ३०० प्रजातिका फुलको व्यवसायीक खेती हुँदैआएको छ ।

पछिल्ला वर्षमा मौसम, फूल्ने अवधिलगायत कुरालाई ध्यानमा राख्दै व्यवसायीले फूलखेती गर्ने गरेका छन् । एशोसिएशनका अध्यक्ष गुरुङका अनुसार सामान्यतः सयपत्री फूल बेर्ना जमाएको ९० दिनमा फूल्ने गर्दछ । समयक्र मिलाएर लगाइका कारण व्यवसायीले लगाएका फूल तिहारका लागि ठिक्क तयार हुने अवस्थामा रहेको उहाँले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।