image
image

सामलिङ पावर कम्पनीको आइपिओमा ४० गुणा बढी आदेवन

काठमाडौँ, ९, कात्तिक । सामलिङ पावर कम्पनी लिमिटेडको आईपिओमा ४० गुणा बढी आवेदन परेको छ। निष्काशनको पहिलो दिनमै सर्वसाधारणको लागि खुल्ला गरिएको शेयरको माग भन्दा धेरै आवेदन परेको आईपिओ कात्तिक ८ गते बैंकिङ समयपछि बन्द भएको हो।

सिडिएससीका अनुसार सोमबार साँझ  ५ बजेसम्ममा २२ लाख ६५ हजार ६ सय ९८ जना आवेदकले २ करोड ६९ लाख ३३ हजार ५ सय कित्ताको लागि आवेदन दिएका छन्। यो संख्या माग गरिएको आवेदन भन्दा ३९।६७ गुणा बढी हो।

कम्पनीको जारी पूँजीको १४।६ प्रतिशत अर्थात ७ करोड ३० लाख रकम बराबरको १०० रूपैया अंकित दरका ७ लाख ३० हजार कित्ता शेयर मध्ये २ प्रतिशत अर्थात १४ हजार ६ सय कित्ता कम्पनीका कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ३६ हजार ५ सय कित्ता सामूहिक लगानी कोषको लागि बाँडफाँड गरी बाँकी ६ लाख ७८ हजार ९ सय कित्ता साधारण शेयर सार्वजनिक निष्काशनमा आएको हो।

कम्पनीले हाल इलाम जिल्लाको इलाम नगरपालिका र माइजोगमाई गाउँपालिका क्षेत्रमा पर्ने माई खोलामा कूल नौ दशमलव ५१ मेगावाट क्षमताको माइबेनी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ।

कम्पनीले आयोजना निर्माणको कूल अनुमानित लागत दुई अर्ब रुपैयाँ हुने र प्रतिमेगावाट लागत २१ करोड तीन लाख पाँच हजार रुपैयाँ हुने जनाएको छ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट सेयरमा आवेदन दिएको कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडले जनाएको छ। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।