image
image

कोरोनाभाइरस विरुद्ध खोपको दोस्रो मात्रा आजदेखि लगाइँदै

काठमाडौँ, ९, कात्तिक । कोरोना भाइरस संक्रमण महामारी विरुद्धको एस्ट्राजेनेकाको दोस्रो मात्रा खोप आज (मंगलबार) देखि लागइदैँछ । काठमाडौंका ८ वटा स्थानीय तहमा १८ वर्षमाथि उमेर समूहलाई दोस्रो मात्रा आजबाट दिन लागिएको हो । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार काठमाडौं महानगरपालिका अन्र्तगत नेपाल प्रहरी अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, वीर अस्पताल, परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल र निजामती कर्मचारी अस्पतालबाट खोप दिइनेछ । यी अस्पतालमा दुई दिनसम्म खोप दिइने छ ।

यस्तै, कीर्तिपुर नगरपालिका, चन्द्रागिरि नगरपालिका, नागार्जुन नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, तारकेश्वर नगरपालिका, टोखा नगरपालिका र गोकर्णेश्वर नगरपालिका स्थानीय तहका खोप केन्द्रमा आजदेखि तीन दिनसम्म अभियान सञ्चालन हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।