आज पनि नेप्सेमा उच्च अंकको वृद्धि, २० कम्पनीका शेयरधनि भए मालामाल
काठमाडौँ ९ कात्तिक । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज पनि मंगलबार हरियाली छाएको छ । नेप्से आज ७८.८२ अंकले बढेर दुई हजार ७ सय ५१ दशमलब ७ विन्दुमा पुगेको छ । सोमबार पनि नेप्से ८७.६३ अंकले बढेर दुई हजार ६ सय ७२ दशमलब २५ विन्दुमा पुगेको थियो ।
आज २२७ कम्पनीको १ करोड १४ लाख ८६ हजार १ सय २३ शेयर ७२ हजार ९ सय ७३ पटक कारोबार भएको छ । आज नेप्सेसंगै कारोबार रकममा पनि बृद्धि भएको छ । आज नेप्सेमा ६ अर्ब ३१ करोड ८३ लाख बराबरको कारोबार भएको छ ।
आज कारोबार भएका सबै समूहमा हरियाली छाएको छ । नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये सात कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, १३ कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ भने २ कम्पनीको शेयरमूल्य ८ प्रतिशत भनदा बढीले बढेको छ । आज कारोबार भएका २० कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएका छन् । जसमा अधिकांश जलविद्युत कम्पनी रहेका छन् ।
नेप्सेका अनुसार आज साना किसान विकास बैंकको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यसको शेयरमूल्य आज २ प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार कामना सेवा विकास बैंकको भएको छ । यस बैंकको आज ४४ करोड ७४ लाख भन्दा बढीको कारोबार भएको छ ।