image
image

१४ औं गोदावरी पुष्प प्रदर्शनी हुने, ५० लाखको व्यवसायिक कारोबारको अपेक्षा

काठमाडौँ, १०, कात्तिक। आउँदो कात्तिक १२ गतेदेखि १४ गतेसम्म १४ औं गोदावरी पुष्प प्रदर्शनी हुने भएको छ । नेपालीहरुको दोस्रो महान पर्व तिहार नजिकिएसँगै गोदावरी फुलको व्यवसाय प्रवद्र्धन गर्ने उद्धेश्यले पुष्प प्रदर्शनी गर्न लागिएको हो ।

‘रोपेर फुल गोदावरी, सजाऔं घर आँगन वरिपरी’ भन्ने नाराका साथ चार दिनसम्म चल्ने पुष्प प्रदर्शनी जावलाखेल खेल मैदानमा हुनेछ ।मेलामा ४४ ओटा व्यवसायिक स्टल र सूचनामूलक ४ ओटा गरी ४८ ओटा प्रदर्शनी कक्ष रहने आयोजक फ्लोरिकल्चर एशोसिएसन नेपालले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

मेलामा पुष्प व्यवसाय सञ्चालन गर्न चाहने, घर आगन तथा बगैँचा सजाउन चाहने, फुल विरुवाप्रति अभिरुची राख्ने, यससम्वन्धी ज्ञान हासिल गर्न चाहने सबैका लागि उपयोगी हुने आयोजकले जनाएको छ ।

कोभिड–१९ का कारण थलिएको पुष्प व्यवसायलाई पुनः चलायमान बनाउँदै स्वदेशी फुलको प्रवद्र्धन र खपतमा जोड दिने मुख्य लक्ष्य छ । मेलामा ३५ हजार भन्दा बढीले प्रत्यक्ष अवलोकन गर्ने र ५० लाखको व्यवसायिक कारोबार हुने अपेक्षा गरिएको छ ।

छोटा समयमै पुष्प प्रदर्शनी कार्यक्रम तय गरिएको र कोभिड–१९ को निरन्तरताका कारण यस वर्ष गोदाबरी फुलको विभिन्न विद्यामा गरिने प्रतिष्पर्धात्मक प्रदर्शनी नगरिने जनाइएको छ । मेलामा सहभागी एक स्टलाईलाई नगद तथा प्रमाणपत्रद्धारा पुरस्कृत गरिनेछ ।

मेलामा व्यवसायिक उत्पादन हुँदै आएका विविध जातका गोदावरी फुल विरुवाहरुको साथै यस वर्ष भित्रिएका गोदावरी फुलका नयाँ जात तथा विरुवाको समेत प्रदर्शन गरिनेछ । त्यस्तै, सिजनमा फुल्ने सयपत्री, मखमली तथा अन्य सिजनल फुल विरुवाको समेत प्रदर्शनीमा समावेश हुनेछ । पुष्प प्रदर्शनीमा झन्डै १६ लाख खर्च हुने अनुमान छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।