image
image

बालबालिकालाई फाइजर खोप लगाउन अमेरिकी विज्ञको सिफारिस 

काठमाडौँ, १०, कात्तिक। ५ वर्षदेखि ११ वर्षका बालबालिकालाई फाइजरबायोइन्टेक खोप लगाउन अमेरिकाको एक सरकारी प्यानलले सिफारिस गरेको छ ।

अमेरिकाको खाद्य तथा औषधि विभाग (एफडीए) का विज्ञले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई खोप लगाउनुपर्ने कदमको समर्थन गरेसँगै केही हप्ताभित्रै आतपकालीन अवस्थामा खोप लगाउन सकिने बाटो खुलेको बीबीसीले जनाएको छ ।

सेप्टेम्बरमा खोप उत्पादक कम्पनीले आफ्नो परीक्षणबाट फाइजररबायोइन्टेक खोप उक्त उमेर समूहका बालबालिका लागि सुरक्षित देखिएको जनाएको थियो । नियमनकर्तासमक्ष पेश गरिएको परीक्षण नतिजा यो उमेर समूहका बालबालिकामा सशक्त एन्डिबडी निर्माण हुने देखाएको थियो ।

अमेरिकामा हाल १२ वर्षमाथिका बालबालिकालाई उक्त खोप यसअघि नै दिन थालिएको छ । पछिल्लो निर्णयबाट २ करोड ८ लाख अमेरिकी बालबालिका लाभान्वित हुनेछन् ।

एफडीए र सीडीसी (रोग नियन्त्रण तथा रोकथाम केन्द्र)ले अनुमति दिएपछि उक्त निर्णय लागू हुनेछ । एफडीएका विज्ञले खोप लगाएपछि यसबाट उत्पन्न हुन सक्ने स्वास्थ्य जोखिमभन्दा फाइदा धेरै भएको पनि बताएका छन् ।

अनुमित पाउन साथ ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई वयस्कलाई दिइने खोपको एकतिहाई मात्रा दिइनेछ । हालसम्म अमेरिकामा कोरोना भाइरसबाट सात लाख ४० हजार मानिसको मृत्यु भएको छ ।

यसैबीच, सोमबार मोर्डनाले परीक्षणबाट ६ देखि ११ वर्ष उमेर समूहका बालबालिकाको शरीरमा आफ्नो खोप लगाउँदा ‘भाइरसलाई जित्ने सशक्त एन्टिबडी’ उत्पादन हुने देखिएको र नियमनकर्ता समक्ष परीक्षणको नतिजा पेश गरिने बताएको छ ।

बेलायतले भर्खर मात्रै १२ देखि १५ वर्षका बालबालिकालाई कोभिड खोप दिन सुरु गरेको छ । स्वास्थ्य अधिकारीले उक्त उमेर समूहका बालबालिकालाई एक डोज खोप लगाउन सिफारिस गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।