image
image

घट्ने भयो विद्युत महसुल, कति युनिटको कति पर्छ शुल्क ?

काठमाडौँ १० कात्तिक । विद्युतको महशुल घटाईने भएको छ ।  विद्युत नियमन आयोगले मंसिरबाट लागू हुने गरी विद्युतको नयाँ महशुल दर कायम गरेको हो । नयाँ महशुल दर अनुसार विपन्न वर्ग मानिएको ५ एम्पियरबाट मासिक २० युनिटसम्म न्युनतम मासिक शुल्क ३० रुपैयाँ मात्र तिरे पुग्छ ।

त्यस्तै सिंगल फेजबाट विद्युत उपभोग गर्ने १५१ देखि २५० युनिटसम्म खपत गर्नेलाई इनर्जी शुल्क प्रति युनिट ९ रुपैयाँ ५० पैसा कायम गरिएको छ । यसअघि प्रति युनिट १० रुपैयाँ थियो । ४ सय युनिटभन्दा माथि विद्युत खपत गर्नेलाई इनर्जी शुल्क ११ रुपैयाँ कायम गरिएको जनाइएको छ । यसअघि १२ रुपैयाँ प्रतियुनिट थियो ।

साथै ट्युवबेल संचालन गर्ने उपभोक्ता तथा सिंचाई उपभोक्ताका लागि भने ४० प्रतिशत महशुल घटाइएको छ । राति ११ देखि विहान ५ बजेसम्मको इनर्जी शुल्क पनि आयोगले घटाएको छ ।वर्षायाम र हिउँदमा थ्री फेज मिटर प्रयोग गर्ने उपभोक्ताका लागि न्यूनतम शुल्क फरक फरक तोकिएको छ ।

नयाँ महशुल दर अनुसार वर्षायाममा मासिक ४ सय युनिटसम्म विद्युत प्रयोग गर्ने थ्री फेज ग्राहकलाई हाल प्रति युनिट ११ रुपैयाँ ५० पैसा इनर्जी शुल्क लाग्ने गरेकोमा १ रुपैयाँ प्रतियुनिट घटाइएको छ । हिउँदमा भने उत्ति नै महशुल लाग्नेछ । चार सय युनिटभन्दा बढी खपत गर्ने ग्राहकका लागि भने हाल कायम रहेको १२ रुपैयाँ प्रति युनटिबाट १ रुपैयाँ ५० पैसा घटाइएको छ । हिउँदमा ५० पैसा घटाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।