image
image

घरजग्गा धितोमा बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह बढ्यो

काठमाडौँ ०८ फागुन - कोरोना महामारीको त्रास कम हुँदै जाँदा बैंक तथा वितिय संस्थाको कर्जा प्रवाह बढेको छ । गत वर्ष बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह ६४.९ प्रतिशत रहेकोमा  चालू आर्थिक वर्षको पहिलो ६ महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये ६६.३ प्रतिशत कर्जा घरजग्गाको धितोमा रहेको छ ।

केन्द्रीय बैंकका अनुसार समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाको १२.२ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७६ पुस मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात १३.५ प्रतिशत रहेको थियो ।

 सो अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा २०.२ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ६.९ प्रतिशत, निर्माण क्षेत्रतर्फको कर्जा ६.३ प्रतिशत, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ६.९ प्रतिशत, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ९.५ प्रतिशत र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ११.९ प्रतिशतले बढेको छ ।


यस्तै समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा ११.५ प्रतिशत, ओभरड्राफ्ट कर्जा १३.४ प्रतिशत, डिमान्ड तथा चालू पूँजी कर्जा १३.६ प्रतिशतले, रियल इस्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ४.० प्रतिशत, मार्जिन प्रकृति कर्जा ५०.२ प्रतिशतले र ट्रष्ट रिसिट (आयात) कर्जा ५.६ प्रतिशतले बढेको छ भने हायर पर्चेज कर्जा ४.४ प्रतिशतले घटेको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।