प्रि ओपन सेसनमा नेप्से सूचकमा सामान्य ह्रास
काठमाडौँ, ११, कात्तिक । प्रि ओपन सेसनमा नेप्से सूचक नेप्से सूचक ०.२५ विन्दुले घटेको छ । यससँगै सूचक २७६८.८८ विन्दुमा अडिएको छ । २१ लाख ७६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३५ कम्पनीको १० हजार ५०६ कित्ता सेयर खरिदबिक्री भएको छ । यस सेसनमा ५३ वटा कारोबार भएको हो । १४ कम्पनीको भाउ बढेको छ भने ८ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।









