बाल अस्पताल निर्माणका लागि काठमाडौँ महानगरदव्रा ४ करोड सहयोग
काठमाडौँ, ११, कात्तिक । काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई विशेषज्ञसहितको आधुनिक अस्पताल निर्माणका लागि काठमाडौँ महानगरपालिकाले आर्थिक सहयोग गरको छ ।
बुढानिलकण्डमा निर्माण हुने अस्पतालका लागि काठमाडौँ महानगरपालिकाले ४ करोड रुपैयाँ आर्थिक सहयोग गर्ने सम्झौतापत्रमा आज हरुताक्षर भएको हो । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको उपस्थितिमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थका तर्फबाट अध्यक्ष डाक्टरर भगवान कोइरालाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
प्रमुख शाक्यले काडमाडौँ महानगरपालिकाले सवास्यका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको भन्दै चाइल्ड हेल्थ अस्पताल निर्माणका लागि सहयोग गर्न पाउँदा खुशी लागेको बताए ।
बालबालिकाका प्रत्येक रोगका बालरोग विज्ञहरुलाई एउटै छानामुनी राखेर काठमाडौँबाट सेवा दिने सामूहिक सपनालाई मूर्तरुप दिन हामीले यो अस्पताल निर्माणको अभियान अघि बढाएका हौँ, डाक्टर कोइरालाले भने, हामीले प्रत्येक प्रदेशमा पनि विशेषज्ञसहितको सेवा दिने योजनासहित अस्पताल निर्माणको काम अघि बढाएका छौ । त्यही अधियान अन्तर्गत प्रदेश १ बाट हामी छिट्टै सेवा सुरु गर्ने तयारीमा छौँ ।