नेपालसहित चार देशको सुन्तला महोत्सव हुँदै, नेपालबाट के के हुँदै छ प्रदर्शन ?
काठमाडौँ ११ कात्तिक । नेपालसहित चार देशको सुन्तला महोत्सव हुने भएको छ । आगामी मङ्सिर २४, २५ र २६ गते पश्चिम बङ्गालको राजधानी कोलकातामा नेपाल, भारत, बङ्गलादेश र भुटानको सहभागितामा महोत्सव हुने भएको हो ।
एशोसिएशन फर कन्जरभेसन एन्ड टुरिजम नामक संस्थाले सन् २०१४ देखि महोत्सवको आयोजना गर्दै आएको छ। प्रत्येक दुई वर्षमा हुँदै आएको पूर्वनिर्धारित सुन्तला महोत्सव विश्वव्यापी कोरोना महामारीका कारण सन् २०२० मा आयोजना हुन नसकेको भएपनि यो वर्ष हुने भएको छ ।
उक्त महोत्सवमा ग्रामीण क्षेत्रमा उत्पादन हुने अग्र्यानिक जडीबुटी, फलफूल र हस्तकलाका सामग्रीको महोत्सवमा प्रचारप्रसार गरिँदै आएको छ । कोरोना महामारीले विश्वव्यापीरूपमा पर्यटन व्यवसायलाई धराशायी बनाएको बेला आयोजना हुन लागेको सुन्तला महोत्सवले नेपाली पर्यटनलाई पुनःजागृत गर्न मद्दत गर्ने विश्वास लिईएको छ ।
त्यस्तै नेपालको चिया, अलैँची, सुन्तला र घरेलु कपडाको महोत्सवमा स्टल राखिने र प्रदेश नम्बर १ मा सञ्चालित घरबास (होमस्टे) को प्रचारात्मक कार्य पनि गरिने भएको छ ।