image
image

आज पनि नेप्सेमा सामान्य अंकको वृद्धि, तीन कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि 

काठमाडौँ ११ कात्तिक । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको अन्तिम दिन आज बिहिबार दोहोरो अंकको बृद्धि भएको छ । नेप्से आज १३.०४ अंकले बढेर दुई हजार ७ सय ८२ दशमलब १६ विन्दुमा पुगेको छ । बुधबार नेप्से १८.०६ अंकले बढेको थियो । 

त्यस्तै, आज २२२ कम्पनीको ९२ लाख ३६ हजार ६ सय १३ शेयर ५९ हजार १ सय ४० पटक कारोबार भएको छ ।   आज कारोबार रकम भने घटेको छ । आज नेप्सेमा ५ अर्ब ३९ करोड ५२ लाख बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा ६ अर्ब ६१ करोड २६ लाख बराबरको कारोबार भएको थियो ।

कूल १३ समूह मध्ये ६ वटा समूह बाहेक अन्य सबै समूह बढेका छन् । नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये तीन कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीमा रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था र हिमालयन पावर पार्टनर रहेको छ । यी कम्पनीहरुको शेयरमूल्य आज सर्किट लेभलमा बढेको छ । 

त्यस्तै, आज एभरेस्ट इन्स्योरेन्स कम्पनीको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । आज यस कम्पनीको शेयरमूल्य करिब ८ प्रतिशतले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नेशनल हाइड्रोपावर कम्पनीको भएको छ । यस बैंकको आज २९ भन्दा बढीको कारोबार भएको छ ।             
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।