image
image

फितलो बन्दै खोप अभियान

काठमाडौँ, १२, कात्तिक । सरकारले विशेष रणनीति नअपनाउँदा कोभिड–१९ विरुद्घको खोप अभियान फितलो बन्दै गएको छ । असोज ११ मा ३ लाख १२ हजार ८ सय ७४ जनाले खोप लगाएकामा पछिल्लो दुई साता दिनमा औसत करिब ४७ हजार जनाले मात्र खोप लगाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार १ लाख १ हजार ४ सय ७५ जनाले खोप लगाएका छन् । १४ दिनयता सबैभन्दा कम कात्तिक ७ मा ७ हजार ५ सय ७६ जनाले खोप लगाएका थिए । ‘खोप लगाउने दरमा धेरै गिरावट देखिएको छ,’ खोप विज्ञ डा। श्यामराज उप्रेतीले भने, ‘खोपको महत्त्व बुझेकाहरूले फटाफट खोप लगाए, अरूलाई हामीले यसबारे शिक्षित गर्न सकेनौं ।’ खोपको फाइदा बुझ्न नसकेका वा खोप नलिने मनस्थितिमा रहेका समूहलाई सही ढंगले शिक्षित गर्न जरुरी रहेको उनले बताए ।

कोरोना खोप समन्वय समितिका सदस्य डा. जीडी ठाकुर सर्वसाधारणलाई खोपका लागि तयार पार्न मोबाइलमा रिङटोन बजाउनेबाहेक प्रभावकारी रणनीति सरकारले बनाउन नसकेको बताउँछन् । ‘सुरुमा खोप लिन मान्छे हच्किए तर महत्त्व बुझेपछि शिक्षित, जानकार वा फाइदा बुझ्न सकेकाहरू आफैं अगाडि आएर खोप लिए,’ उनले भने, ‘अब घरदैलोमा गई सर्वसाधारणको विश्वास जितेर कोभिडविरुद्घको खोप लगाउनुपर्छ । गहन रूपमा जनचेतना फैलाउनुपर्छ ।’ उनका अनुसार अमेरिकाजस्ता विकसित मुलुकमा समेत खोप लगाउनका लागि आम जनतालाई विभिन्न उपहार र पुरस्कारमार्फत प्रेरित गर्ने गरिएको बताए ।

बिहीबारसम्म नेपालमा १ करोड ५५ लाख २० हजार ८ सय ८० मात्रा खोप लगाइएको छ । कुल जनसंख्याको २२.६ प्रतिशतले खोपको पूर्ण मात्रा लगाएका छन् भने २८.५ प्रतिशतले कम्तीमा एक मात्रा खोप लगाएका छन् । मुलुकमा कोभिड खोपका लागि १८ वर्ष वा योभन्दा माथिको लक्षित जनसंख्या १ करोड ९९ लाख २२ हजार १ सय ६४ रहेको छ । यसमध्ये ४३.४ प्रतिशतले कम्तीमा एक मात्रा खोप र ३४.५ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् ।

अहिलेको दरले आगामी चैतसम्म लक्षित समुदायको शतप्रतिशतलाई खोपको दायरामा ल्याउने सरकारको लक्ष्य पूरा नहुने विज्ञहरूले चेतावनी दिएका छन् ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।