१० मुलुकसँग व्यापार नाफा, कुनसँग कति ?
काठमाडौँ ०८ फागुन- कोरोना महामारीका कारण गरिएको बन्दा बन्दिले आन्तरिक व्यापार राम्रो हुन नसके पनि वैदेशिक व्यापार भने १० मुलुकसँग नाफा मै रहेको देखिन्छ ।चालु आर्थिक वर्षको माघ महिनासम्ममा झण्डै १० वटा मुलुकहरू सँगको व्यापार नाफा भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालूआर्थिक वर्ष ७ महिनाको प्रगति प्रतिवेदनले यस्तो देखाएको हो ।
विभागका अनुसार व्यापार नाफा भएका मुलुकमा बेलायत, लेबनान, डेनमार्क, सुडान, अंगुलिया, आइसल्यान्ड, यमन, मोनाको, न्यु क्यालेडोनिया र युगान्डा रहेका छन् ।
बेलायतसँग ३८ करोड व्यापार नाफा भएको छ । त्यस्तै लेबनानसँग १८ करोड र डेनमार्कसँग १४ करोड नाफा भएको छ भने युगान्डासँग ४४ लाख रुपैयाँको व्यापार नाफा भएको छ ।
सबैभन्दा कम व्यापार नाफा भएको मुलुकमा माल्दिभ्स रहेको छ । माल्दिभ्ससँग सात महिनामा ८ हजार रुपैयाँको व्यापार नाफा भएको भन्सार विभागले जनाएको छ ।