घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कति ?
काठमाडौँ, १२, कात्तिक । आज शुक्रबार सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन ४०० रुपैयाँले घटेको हो । हिजो तोलाको ९२ हजार ४०० रुपैयाँमा किनबेच भएको सुनको मूल्य आज ४०० सयले घटेर प्रतितोला ९२ हजारमा कारोबार भइरहेको छ ।
यस्तै तेजाबी सुनको मूल्य पनि ४०० रुपैयाँले नै घटेको छ । हिजो ९१ हजार ९०० रुपैयाँमा किनबेच भएको सुन मूल्य घटेर आज प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्यमा पनि ५ रुपैयाँले गिरावट आएको छ । हिजो तोलाको १२ सय ५० रुपैयाँमा किनबेच भएको चाँदीको मूल्य आज ५ रुपैयाँले घटेर १२ सय ४५ रुपैयाँमा कारेबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।