image
image

मेरो माइक्रोफाइनान्स लघुवित्तको ५ लाख ७१ हजार बढि कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौँ, १२, कात्तिक । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडले संस्थापक समूहको सेयर आजदेखि लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको छ । 

संस्थाले ५ लाख ७१ हजार ५९८ कित्ता शेयर प्रति कित्ता न्यूनतम मूल्य ४ सय ५० रूपैयाँमा बिक्री खुल्ला गरेको हो । उक्त सेयरहरू खरिद गर्न इच्छुक संस्थापकहरू वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरूले कार्तिक २३ गतेसम्ममा आवेदन दिनु पर्ने छ ।

न्युनतम १ हजार कित्ता र अधिकतममा १० ले भाग जाने गरि सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् । त्यसैगरी, संस्थाको निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । 

बोलपत्र कात्तिक २५ गते बिहान १० बजे एनएमबि क्यापिटल लिमिटेड, नागपोखरी, काठमाडौंमा खाल्ने कम्पनीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।