image
image

नेपाली नोट छपाइका लागि १० विदेशी कम्पनी छनोट (सूची सहित )

काठमाडौँ १२ कात्तिक । नेपाली नोट छपाइका लागि १० विदेशी कम्पनी छनोट भएका छन् ।नेपाल राष्ट्र बैंकले यी छनोट भएका कम्पनीले नेपाली नोट छपाइका लागि टेन्डरमा सहभागिता जनाउन पाउने बताएको छ । राष्ट्र बैंकले नोट छपाइको टेन्डरमा सहभागी हुन पाउने योग्य कम्पनीका लागि गत जुलाईमा आह्वान गरेको थियो । 

राष्ट्र बैंकका अनुसार गाईसिक प्लस डिभ्राइन्ट करेन्सी टेक्नोलोजी, जीएमबीएच (जर्मनी), जोइन्ट स्टक कम्पनी ‘गोज्नाक’ (रुस), कोरिया मिन्टिङ, सेक्युरिटी प्रिन्टिङ एन्ड आईडी कार्ड अपरेटिङ कर्प (कोरिया), कासा डा मोइदा दो ब्रासिल (ब्राजिल), चाइना बैंकनोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन (चाइना), क्रेन एबी (स्विडेन), डी ला रुई इन्टरनेशनल लिमिटेड (बेलायत),  अबर्थर फिड्युसायर सास (फ्रान्स), ओरेल फ्युसिल सेक्युरिटी प्रिन्टिङ (स्विट्जरल्यान्ड) र सेक्युरिटी प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन अफ इन्डिया लिमिटेड (भारत) रहेका छन्।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।