सिटिजन्स बैंकको शेयर नेप्सेमा सूचीकृत
काठमाडौँ १२ कात्तिक । शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक बैंकको शेयर सूचीकृत भएको छ । शुक्रबार नेप्सेमा सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको ९१ लाख ४८ हजार भन्दा बढी कित्ता शेयर सूचीकृत भएको हो ।
नेप्सेका अनुसार सिटिजन्स बैंकले सिर्जना फाइनान्स कम्पनी लिमिटेडलाई १ः०.९५ को अनुपातमा प्राप्ति गर्दा कायम हुन आएको प्रति शेयर अंकित तथा चुक्ता मूल्य एक सय रूपैयाँ दरको ९१ लाख ४८ हजार ८ सय २२ दशमलव ०२ कित्ता शेयर सूचीकृत भएको हो । उक्त शेयर धितोपत्र सूचिकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सूचीकृत गरिएको नेप्सेले जनाएको छ ।