image
image

राप्ती ट्याक्टर दुर्घटना ः ६ मृतकका परिवारलाई ३० लाख सहयोग   

काठमाडौँ, १४, कात्तिक । पूर्वी चितवनको राप्ती नगरपालिकामा ट्याक्टर दुर्घटनामा मृत्यु भएका ६ परिवारलाई ३० लाख रुपैयाँ सहयोग गरिएको छ । मृतकका परिवारलाई प्रतिपरिवार पाँच लाखका दरले सहयोग गरिएको हो ।

गत चैत २९ गते पूर्वी चितवनको राप्ती नगरपालिका वडा नम्बर ११ स्थित चिउरी खोलामा ना १ त ६२८२ नम्बरको ट्याक्टर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा ६ जनाको मृत्यु भएको थियो भने १६ जना घाईते भएका थिए ।

राप्ती नगरपालिकाका प्रमुख प्रभा बरालले दुर्घटनामा ज्यान गुमाएका परिवारलाई राहात स्वरुप पाँच÷पाँच लाख सहयोग गरिएको बताउनुभयो । आज पाँच परिवारलाई सहयोग रकम हस्तान्तरण गरिएको हो । एक मृतकका दुई वटी श्रीमती तर्फ चार जना छोराछोरी रहेकाले चारै जनालाई बराबर हुने गरी दिने गरी व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । उक्त परिवारलाई जिल्ला प्रशासन कार्यालय चितवनको रोहवरमा हस्तान्तरण गर्ने व्यवस्था गरिएको छ ।

राप्ती नगरपालिकाले रु.१५ लाख, खैरहनी नगरपालिकाले रु.५ लाख, पूर्वी चितवन भवन निर्माण व्यवसायी संघले रु.४ लाख, ठेकेदारले रु.४ लाख र ट्याक्टरधनीले रु.२ लाख गरी ३० लाख रुपैयाँ जम्मा गरेर वितरण गरिएको हो ।

नगरपालिकाका कार्यकारी प्रमुख गंगाबहादुर भुजेलले दुर्घटनाका घाईतेहरुको उपचारमा रु.५० लाखभन्दा बढी खर्च भएको जानकारी दिनुभयो । उक्त रकम मध्ये अस्पतालबाट रु.७ लाख बराबरको छुट गराईएको थियो । ट्याक्टर धनी, ठेकेदार र व्यवसायी संघले घाईतेको उपचार खर्च व्यहोरेका थिए ।

दुर्घटनामा मृत्यु हुनेहरुमा राप्ती नगरपालिका वडा नं. ५ का ३५ वर्षीय खड्क लामा, खैरहनी नगरपालिका वडा नं. ९ का ४० वर्षीय मगन महतो, खैरहनी ९ कै ५० वर्षया छनिया महतो, राप्ती ४ का ४५ वर्षीय सिताराम श्रेष्ठ र मकवानपुरको राक्सीराङका एक जना रहेको जानकारी दिनुभयो ।

राप्ती नगरपालिका वडा नम्बर ११ को वडा कार्यालय भवनको ढलानको काम सकेर फर्किंदै गरेको कामदार सवार ट्याक्टर दुर्घटना भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।