image
image

पृथ्वी राजमार्ग अन्तर्गत सडकखण्ड विस्तारका लागि रुख काट्न सुरु

काठमाडौँ, १४, कात्तिक । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ–पोखरा सडकखण्ड चार लेन विस्तारका लागि रुख काट्न सुरु गरिएको छ । बन्दीपूर गाउँपालिका–५ याम्पाफाँट वरिपरिका रुख काट्न थालिएको हो ।

सडक विस्तारका लागि तनहुँ खण्डमा छ हजार ५० रुख काट्नु पर्ने र उक्त रुख काट्न वन विभागबाट स्वीकृति पाइसकेको डिभिजन वन कार्यालयका प्रमुख कोमलराज काफ्लेले बताउनुभयो ।

सडक आयोजनाले रुख काटेर वन कार्यालयलाई बुझाउनु पर्ने काफ्लेको भनाइ छ । मुग्लिङ–पोखरा चार लेन सडक योजनाका लागि चालु आर्थिक वर्षमा सङ्घीय सरकारले चार अर्ब ४३ करोड ४३ लाख चार हजार बजेट विनियोजन गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।