image
image

आकासियो हरियो तरकारीको मूल्य

काठमाडौँ, १४, कात्तिक। दशैंपछि हरियो तरकारी मूल्य झनै महंगिएको छ । दैनिक उपभोक्ताका भान्सामा पाक्ने अधिकांश तरकारी मूल्य दशैंयता आकासिँदै गएको हो । मौसमी तथा बेमौसमी हरियो तरकारीको मूल्य पछिल्लो दुई सातायता अचाक्ली बढेको हो ।

काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो तरकारी बजार कालीमाटीमा अधिकांश तरकारीको थोक मूल्य नै बढेको छ । अझ स–साना खुद्रे व्यापारीका पसलमा पुग्दा त तरकारीको भाउ छोइनसक्नु भएको हो ।

कालीमाटी तरकारी बजारमा दशैंको भोलीपल्टको मूल्यको तुलनामा केही तरकारीको मूल्य दोब्बरले बढेको छ । जसमध्ये भिन्डी, बोडी, टमाटर, लौकालगायतका केही तरकारीको मूल्य दोब्बरले बढेको हो ।

कालीमाटी फलफुल तथा तरकारी बजारमा असोज ३० गते प्रतिकेजी ५५ रुपैयाँमा थोक मूल्यमा बिक्रि भएको भिन्डीको मूल्य कात्तिक १४ गते ११५ रुपैयाँ पुगेको छ । त्यस्तै, ४५ रुपैयाँ प्रतिकेजीमा बिक्रि भएको लौकाको मूल्य वृद्धि भएर ९५ रुपैयाँ प्रतिकेजी पुगेको छ ।

त्यस्तै, यसअघि ७५ रुपैयाँ प्रतिकेजी औसतमा बिक्रि भएको बोडी९तने०को मूल्य अहिले बढेर १५० रुपैयाँ पुगेको छ । त्यस्तै गोलभेडाको मूल्य पनि अत्यधिक बढेको छ । असोज ३० मा प्रतिकेजी ७५ रुपैयाँ बिक्रि भएको ठूलो गोलभेडा(नेपाली) र ६५ रुपैयाँमा पाइने सानो गोलभेडा(टनेल)को मूल्य बढेर अहिले प्रतिकेजी औसत ८५ रुपैयाँ पुगेको छ ।

सानो भारतीय गोलभेडाको मूल्य ४२ रुपैयाँ ५० कायम भएकोमा कात्तिक १४ गतेसम्म आइपुग्दा ६५ रुपैयाँ पुगेको हो । यसअघि २७ रुपैयाँ प्रतिकेजीमा बिक्रि भएको भारतीय रातो आलुको मूल्य बढेर ४६ रुपैयाँ पुगेको छ । यता, लोकल काउलीको मूल्य पनि बढेको छ । यसअघि ८० रुपैयाँ प्रतिकेजीमा थोक मूल्यमा बिक्रि भएको काउलीको भाउ अहिले आएर ११० रुपैयाँ पुगेको छ ।

त्यस्तै, यसअघि ८५ रुपैयाँ बिक्रि भएको घिरौलाको मूल्य बढेर ९५ रुपैयाँ प्रतिकेजी पुगेको कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

दसैंयता अधिकांश हरियो तरकारीको मूल्य केही बढेको समितिका सुचना अधिकारी विनय श्रेष्ठले कृषिपानालाई जानकारी दिए । दसैँयता धेरैजसो तरकारीको मूल्य केही न केही बढेकै देखिन्छ’ उनले भने, ‘टमाटर,काउली, भिन्डीलगायतका मौसमी तरकारीको मूल्य पनि बढेको छ । कालीमाटी बजारबाट थोक मूल्यमा खरिद गरी खुद्रा व्यापारीले नाफा राखेर बेच्दा उपभोक्ता मूल्य झनै बढेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।