image
image

प्रभावित व्यवसायीलाई पुनरकर्जा आवेदन दिन राष्ट्र बैंकको आह्वन

काठमाडौँ १४ कात्तिक । नेपाल राष्ट्र बैंकले कोरोना महामारीबाट प्रभावित २४ क्षेत्रका उद्योगीव्यवसायीलाई पुनरकर्जाको आवेदन दिनका लागि सूचना जारी गरेको छ ।  आइतबार एक सूचना गर्दै नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७८/७९ को लागि बैंक तथा वित्तीय संस्थाहरूसँग पुनरकर्जाको लागि आवेदन माग गरेको हो । 

उक्त सूचनामा लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा, साधारण पुनरकर्जा तथा विशेष पुनरकर्जाका लागि आवेदन दिन भनिएको छ । व्यवसायीले पुनरकर्जाका लागि आजदेखि मंसिर १९ गतेसम्म आवेदन दिन पाउनेछन् । त्यस्तै  पुनरकर्जा कार्यविधिअनुसार व्यवसायीले ५ करोड रुपैयाँसम्म कर्जा पाउने पाउनेछन् ।

साथै एकभन्दा बढी वित्तीय संस्थाबाट वित्तीय सुविधा लिइरहेका कम्पनी फर्महरुले भने एउटै वित्तीय संस्थाबाट मात्र यस्तो ऋणको आवेदन दिन सक्ने सूचनामा उल्लेख छ  ।  
  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।