image
image

नेप्सेमा उच्च अंकको वृद्धि, १२ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि

काठमाडौँ १४ कात्तिक ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको पहिलो दिन आज आइतबार दोहोरो अंकको बृद्धि भएको छ । नेप्से आज ५५.५० अंकले बढेर दुई हजार ८ सय ३७ दशमलब ६१ विन्दुमा पुगेको छ ।

आज २३२ कम्पनीको १ करोड ३८ लाख ९९ हजार ३ सय २२ शेयर ८१ हजार ९ सय पटक कारोबार भएको छ । त्यस्तै, आज कारोबार रकम पनि बढेको छ । आज नेप्सेमा ७ अर्ब ८२ करोड ३२ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका बैंकिङ समूह बाहेक अन्य सबै समूह बढेका छन् ।    

नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये १२ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीमा युनाइटेड इन्स्योरेन्स, लुम्बिनी विकास बैंक, सामुदायिक लघुवित्त, पाँचथर पावर कम्पनी, हिमालय उर्जा विकास कम्पनी, चन्द्रागिरी हिल्स, साहस उर्जा लिमिटेड, रैराङ हाइड्रोपावर कमपनी, कामना सेवा विकास बैंक, सानिमामाई हाइड्रोपावर, सबैको लघुवित्त र सिनर्जी पावर डेभलपमेन्ट रहेको छ । यी कम्पनीहरुको शेयरमूल्य आज सर्किट लेभलमा बढेको छ । 

त्यस्तै, आज एभरेस्ट बैंकको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । आज यस कम्पनीको शेयरमूल्य करिब ७ प्रतिशतले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार आँखु खोला जलविद्युत कम्पनीको भएको छ । यस बैंकको आज ३१ भन्दा बढीको कारोबार भएको छ ।   
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।