प्रति कित्ता ५० रुपैयाँको आईपीओ आउँदै
काठमाडौँ १४ कात्तिक । हाथवे इन्भेष्टमेन्ट नेपाल लिले सर्वसाधारणमा प्रति कित्ता अंकित मुल्य ५० रुपैयाँ दरले हुने १४,६२,५०,००० रुपैयाँ बराबरको २९ लाख २५ हजार कित्ता साधारण शेयर(आइपीओ)को सार्वजनिक निष्कासन गर्नको लागि ग्लोबल आइएमई क्यापिटल लिलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
आइतबार ग्लोबल आइएमई क्यापीटलको केन्द्रीय कार्यालय नक्सालमा आयोजित कार्यक्रममा हाथवे इन्भेष्टमेन्ट नेपाल लि. को तर्फबाट अध्यक्ष योगेश्वर शर्मा ढकाल र ग्लोबल आइएमई क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन ।