image
image
सामलिङ्ग आईपीओको शेयर बाँडफाँड भोलि, २१ लाख ९७ हजारको हात 

सामलिङ्ग आईपीओको शेयर बाँडफाँड भोलि, २१ लाख ९७ हजारको हात 

काठमाडौँ, १५, कात्तिक। सामलिङ्ग पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको (आइपीओ)को नतिजा मंगलबार आउने भएको छ ।

कम्पनीको (आईपीओ) बाँडफाँट मंगलबार हुने बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडले जनाएको छ ।

कम्पनीले कात्तिक ४ गतेदेखि ८ गतेसम्म सात करोड ३० लाख रुपैयाँ बराबरको सात लाख ३० हजार कित्ता (आईपीओ) खुला गरेको थियो ।

जसमा दुई अर्ब ६९ करोड ३३ लाख ५० हजार रुपैयाँ बराबरको दुई करोड ६९ लाख ३३ हजार ५०० कित्ताका लागि आवेदन परेको थियो । आवेदन दिएकामध्ये गोलाप्रथा मार्फत ६७ हजार ८९० जनाले १० कित्ताका दरले शेयर पाउनेछन् ।

खुला भएको आइपीओ र आवेदकको संख्या हेर्दा २१ लाख ९७ हजारको हात खाली हुने अवस्था छ । कम्पनीले कुल निष्कासित शेयरमध्ये पाँच प्रतिशत अर्थात् ३६ हजार ५०० कित्ता शेयर भने सामूहिक लगानी कोष र दुई प्रतिशत अर्थात् १४ हजार ६०० कित्ता शेयर कम्पनीको कर्मचारीहरुका लागि छुट्याइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।