image
image

पोखरामा करिब दुई करोड ५० लाख बराबरको फूलको कारोबार हुने 

काठमाडौँ, १५, कात्तिक । नेपालीहरुको महान चाँड नजिकिएसँगै पोखरामा करिब दुई करोड ५० लाख मूल्य बराबरको फूलको कारोबार हुने भएको छ । तिहारको अवसरमा पोखरा क्षेत्रमा करिब २ करोड ५० लाख भन्दा बढीको कारोबार हुने भएको फ्लोरिकल्चर एशोसिएसन  नेपाल जिल्ला कार्यसमिति कास्कीका अध्यक्ष दिलबहादुर गुरुङले बताए ।

पोखराका स्थानीयबासीले उत्पादन गरेको फूलको मालालाई एक सयदेखि एक सय ५० रुपैयाँमा बिक्री गर्ने भएको उनले बताए । भारतबाट आउने फूल एकै आकारको भएको हुँदा पूजा आजा गर्न प्रयोग गर्ने गरिएको अध्यक्ष गुरुङले बताए । यस वर्ष पनि सयपत्री फूलको थुंगालाई ५ रुपैयाँमा बिक्री गर्ने भएको उनले जनाए । मनकामना नर्सरीका सञ्चालक समेत रहेका गुरुङले यस वर्ष करिब ३५ हजार फूलका बिरुवा रोपेका छन् । उनले यस वर्ष फूलबाट मात्र करिब ८ लाखको कारोबार गर्दैछन् ।

पोखरामा यस वर्ष करिब ८० प्रतिशत आन्तरिक फूलले बजार धान्ने फान कास्कीका पूर्वअध्यक्ष दयाकुमार द्ववाले बताए । यस वर्ष पनि स्वदेशी फूलकै माला लगाउने गरी पोखरा क्षेत्रका नर्सरी व्यवसायीहरुले हाइब्रिड फूल उत्पादन गरेसँगै स्थानीयका घरमा फूल उत्पादन राम्रो हुँदै गरेको द्ववाले बताए । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।