image
image

आज नेप्सेमा दोहोरो अंकको गिरावट, तीन कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि   

काठमाडौँ १५ कात्तिक ।नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा कारोबारको दोस्रो दिन सोमबार दोहोरो अंकको गिरावट भएको छ । सोमबार नेप्से सूचकांक १७ दशमबल ७५ अंकले घटेर दुई हजार ८ सय १९ दशमलब ८७ विन्दुमा झरेको छ ।

आज २२६ कम्पनीको १ करोड ३४ लाख ३ हजार ३ सय १२ शेयर ८० हजार ३ सय ५१ पटक कारोबार भएको छ । त्यस्तै  ७ अर्ब ७७ करोड ७५ लाख बराबरको कारोबार भएर कारोबार रकममा भने सुधार देखिएको छ ।

आज कूल १३ समूह मध्ये ३ समूह बाहेक अन्य सबै समूह घटेका छन् ।  सोमबार दोहोरो अंकले बजार घट्दा पनि तीन कम्पनिको शेयर मूल्य उच्च अंकले वृद्धि भएको छ ।  मानुसी लघुवित्त, साहास उर्जा र पाँचथर पावरका लगानीकर्ताले भने कमाएका छन् । मानुसी लघुवित्तको शयेरमा १० प्रतिशतको वृद्धि भएको छ भने ुसाहास उर्जाको शेयरमा ९ प्रतिशतभन्दा बढीले मूल्य बढेको छ ।

 त्यस्तै, पाँचथर पावरको शेयर पनि ९ प्रतिशतभन्दा बढीले बढेको छ। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।