कोरोनाविरुद्धको खोप खरिदमा २० अर्ब ३० करोड खर्च
काठमाडौँ, १६, कात्तिक । सरकारले हालसम्म कोरोनाविरुद्धको एक करोड ३० लाख २० हजार डोज खोप खरिदमा सवा २० अर्ब रुपैयाँभन्दा बढी खर्च गरेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ८ माघ ०७७ यता उक्त खोप खरिदमा २० अर्ब ३० करोड ७७ लाख ७४ हजार नौ सय १५ रुपैयाँ खर्च भएको हो ।
यो अवधिमा कुल एक करोड ९८ लाख ७८ हजार सात सय १० डोज खोप आपूर्ति भएकोमा ६८ लाख ५८ हजार सात सय १० डोज भने विभिन्न देश तथा संस्थाबाट सहयोगमा प्राप्त भएको छ । यो आपूर्ति भएको कुल खोपको ३४ प्रतिशत हो ।
हालसम्म भित्रिएको खोपमध्ये एक करोड ३० लाख २० हजार डोज (६५.५ प्रतिशत) खरिदबाट र बाँकी ६८ लाख ५८ हजार सात सय १० डोज (३४.५प्रतिशत) दातामार्फत सहयोगस्वरूप प्राप्त भएको छ,’ स्वास्थ्य मन्त्रालयअन्तर्गत परिवार कल्याण महाशाखा निर्देशक डा. विवेककुमार लालले भने, ‘खरिद गरिएको खोपमा २० अर्ब ३० करोड ७७ लाख ७४ हजार नौ सय १५ रुपैयाँ खर्च भएको छ ।’
महाशाखाका अनुसार खोप खरिदमा खर्च भएको आधाभन्दा बढी रकम एसियाली विकास बैंक र विश्व बैंकको ऋणमा प्राप्त भएको हो । नेपाल सरकारको नौ अर्ब ६६ करोड चार लाख एक हजार ६ सय ६० रुपैयाँ खर्च गरेको छ । त्यस्तै, एसियाली विकास बैंकको पाँच अर्ब ४२ करोड ६ लाख दुई हजार एक सय ५० र विश्व बैँकको पाँच अर्ब २२ करोड ६७ लाख ७१ हजार एक सय पाँच रुपैयाँ खर्च भएको छ ।
भारतबाट खरिद २० लाख डोज कोभिसिल्डबाहेक अन्य खोपको मूल्य भने सार्वजनिक गरिएको छैन ।